असार ९, २०७८ बुधबार

काठमाण्डौ – नेपाल टेलिकमको मोबाइल सेवामा देखिएको प्राविधिक समस्या समाधान भएको छ ।

आज बिहानैदेखि काठमाण्डौसहित देशभरका पोष्टपेड र प्रिपेड नम्बरमा फोन नलाग्ने भएको थियो । तर, अहिले मर्मत गरेर  समस्या समाधान भएसँगै सेवा सुरु भएको टेलिकमले जनाएको छ । मोबाइल सेवामा देखिएको समस्याका कारण सेवाग्राही समस्यामा परेका थिए ।