मंसिर २४, २०८० आइतबार

इजिप्टमा राष्ट्रपति  चयनका लागि मतदान शुरु भएको छ ।

मतदान केन्द्रहरूमा आइतबार सबेरै देखि चहलपहल शुरु भएको छ ।  निर्वाचनमा प्रत्यासी अब्देल फताह अल-सिसीले जित्ने अपेक्षा गरिएको छ।

करिब १० करोड ६० लाख जनसङ्ख्या भएको इजिप्टमा मङ्गलबारसम्म  मतदान चल्नेछ । मतदानको नतिजा डिसेम्बर १८ मा घोषणा हुने अपेक्षा गरिएको छ। 

पूर्व सेना प्रमुख सिसी, इस्लामवादी राष्ट्रपति मोहम्मद मोर्सीलाई अपदस्थ गरेको एक वर्षपछि सन् २०१४ देखि राष्ट्रपति छन् ।