थारू जातिले उत्पादन गर्ने मदिरालाई वैधानिकता दिनुपर्ने विषय सुदूरपश्चिम प्रदेशसभामा उठेको छ। प्रदेशसभाकी सदस्य शान्ता नेपालीले स्थानीय मदिरालाई वैधानिकता दिएर अर्थतन्त्र बढाउन सकिने बताएकी छिन् ।
मंगलबार सुदूरपश्चिम सरकारको प्रस्तुत बजेटमाथिको छलफलका क्रममा बोल्दै उनले तराई क्षेत्रका लागि चौधरी समुदायको स्थानीय मदिरालाई वैधानिकता दिनुपर्ने बताएकी हुन् । उक्त मदिरा बिक्री गर्दा करमा सहयोग गराउनेमा उनले जोड दिएकी थिइन् । अर्थतन्त्रसँग जोडिएकाले स्थानीय रक्सीलाई बजेटमा समावेश गरिनुपर्ने आवश्यक रहेको उनले बताइन् ।
उनी बझाङबाट माओवादी केन्द्रका तर्फबाट निर्वाचित समानुपातिक सांसद हुन् । यसअघि उनी र प्रदेशसभा सदस्य देवकी मल्लले गाँजा खेतीलाई वैधानिकता दिइनुपर्ने बताएका थिए ।