'दुई आँखाको नानी' बोलको गीतको छायाङ्कन सुरु भएको छ । सिन्धुली आसपासका क्षेत्रहरूमा गीतको छायाङ्कन सुरु गरिएको निर्देशक मनिष श्रेष्ठले नेपाल मार्गलाई जानकारी दिएका छन् ।
पवित्रा श्रेष्ठ र मनिषले उक्त गीतमा अभिनय गर्दै छन् भने गीतलाई उनीहरू दुवैले गाएका हुन् ।
मनिषले मुम्बईमा भारतीय गायक सोनु कक्करसँग संयुक्त रूपमा गाएको गीतको भिडियो पनि छिट्टै सार्वजनिक हुने जानकारी गराइएको छ । यसअघि मनिष श्रेष्ठको 'घरको छत' नामको गीत पनि चर्चामा रहेको थियो ।