पुस २, २०८० सोमबार

काठमाडौं । काठमाडौं जिल्ला अदालतले टोकन प्रणालीको सुरुवात गरेको छ ।

जिल्ला अदालत काठमाडौंले सोमबारबाट अदालतलाई व्यवस्थित र सेवाग्राहीलाई सहज सेवाका लागि टोकन प्रणाली आरम्भ गरेको जनाएको हो ।

टोकन प्रणालीको सुरुवातसँगै सञ्चारकर्मीसँग काठमाडौं जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष अधिवक्ता रामचन्द्र पौडेलले अदालतमा आउने सेवाग्राहीले सेवा लिँदा भिड नहोस् भनेर टोकन प्रणालीको सुरुवात गरेको जानकारी दिए । उनले काठमाडौं जिल्ला अदालतलाई प्रविधिमैत्री अदालत बनाउनुपर्छ योजनाअनुसार आफूहरु अघि बढेको दाबी गरे ।

‘काठमाडौं जिल्ला अदालतलाई व्यवस्थित र सहजीकरण होस् भनेर, सेवा लिने दिने क्रममा भिड नहोस् भनेर काठमाडौं जिल्ला अदालतमा टोकन प्रणाली सुरु भएको छ,’ उनले भने, ‘काठमाडौं जिल्ला अदालतलाई प्रविधिमैत्री अदालत बनाउनुपर्छ भन्ने कन्सेप्टमा हामी अघि बढेका छौं । न्याय प्राप्तिका लागि काठमाडौं अदालत प्रवेश गर्दै गर्दा कम्तिमा सहज ढंगबाट न्याय प्राप्तिका लागि यो पहल गरिएको हो ।’

उनले प्रविधिमैत्री अदालत नबनेसम्म नागरिक र सेवाग्राहीले न्याय नपाउने बताए । अबबाट उभिएर सेवा लिनुपर्ने असहजता नहुने उनको भनाइ छ ।

No description available.