असार ११, २०७८ शुक्रबार

 शिवसागर खड्काको आवाजमा रहेको गीत ‘निष्ठुरी भयौ रे’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

हिजो सार्वजनिक यस गीतको भिडियो निर्देशन विशाल नेपालीले गरेका हुन् । नयाँ पुस्ताका प्रेमी-प्रेमिकाबीचको प्रणय प्रसङ्ग समेटिएको गीतमा एलिना चौहान र शिवसागर खड्काको स्वर रहेको छ । निर्देशक विशालको शब्द रहेको गीतमा गायक खड्काले नै सङ्गीत दिएका छन् ।

बिग नेपाली फिल्ममार्फत आजै सार्वजनिक म्युजिक भिडियाेको छायाङ्कन हेलो बर्गर र केएफसी चिकेनमा गरिएको गायक खड्काले बताएका छन् । यस गीतको भिडियो छायाङ्कन दिनेश पराजुलीले गरेका हुन् । यसअघि खड्काका 'ट्राफिक जाम, यो नयाँ जोडी र भन सरकार धरहरा खोइ' गीतका म्युजिक भिडियोहरू सार्वजनिक भइसकेका छन् ।

https://youtu.be/_ifTmBsqVEo