काठमाडौँ, ३ पुस (रासस) : नेपाल स्रष्टा समाजले यस वर्षको प्रसिद्ध कणेल युवा स्रष्टा सम्मान युवाकवि देवु लुइँटेललाई प्रदान गर्ने भएको छ । समाजका उपाध्यक्ष चेतनाथ कणेल ‘हरित’ र सीता भण्डारी कणेलले आफ्ना छोराका नाममा स्थापना गर्नुभएको उक्त सम्मानको नगद राशि ११ हजार एक सय ११ रहेकोे छ ।
समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’को अध्यक्षतामा आज बसेको बैठकले सो निर्णय गरेको हो । सम्मान आगामी पुस १४ गते नेपाल स्रष्टा समाजको १७औँ स्थापना दिवसको सन्दर्भ पारेर प्रदान गरिने छ । २०७५ सालदेखि नियमितरूपमा प्रदान गर्दै आइएको यस सम्मानबाट हालसम्म युवा स्रष्टाहरू डा रमेश शुभेच्छु, महेश पौड्याल, अनुपम रोशी, मिलन समीर र नवराज पराजुली सम्मानीत भइसक्नुभएको छ ।