पुस ८, २०८० आइतबार

काठमाडौं– दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा शनिबार वीरगञ्ज युनाईटेड बुटवल लुम्बिनीसँग पराजित भएको छ । 

दशरथ रंगशालामा भएको खेलमा वीरगञ्जले लुम्बिनीसँग १–० को हार ब्यहोरेको हो । वीरगञ्जलाई हराउन बुटवलका लागि इन्जुरी समयमा चन्दन दासले विजयी गोल गरे । बुटवलसँग हारेको वीरगञ्ज प्लेअफको दौडबाट बाहिरिएको छ । 

बुटवललाई हराउँदै प्लेअफमा स्थान पक्का गर्ने अवसर वीरगञ्जसँग थियो । तर लिग चरणको अन्तिम खेलमा वीरगञ्जले जित निकाल्न सकेन । 

वीरगञ्जको हारसँगै त्यसको फाइदा ललितपुर, काठमाडौं र झापालाई पुगेको छ । वीरगञ्जको हारले ललितपुरले प्लेअफमा लगभग स्थान पक्का गरेको छ । 

वीरगञ्ज ८ अंक सहित तालिकाको आठौं स्थानमा रहेको छ ।