पुस ८, २०८० आइतबार

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल र लिभरपुलले बराबरी खेलेका छन् । गएराति भएको खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

आर्सनलका गेब्रियल मागाल्हासले एक तथा लिभरपुलका मोहमद सलाहले एक गोल गरेका थिए ।

खेलको चौथो मिनेटमा आर्सनलका गेब्रियलले टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर २९औँ मिनेटमा सलाहले गोल फर्काउँदै लिभरपुललाई हारबाट जोगाए ।

यता, सुरुवाती अग्रता जोगाउन नसक्दा आर्सनल अंक बाँड्न बाध्य भयो ।

यो बराबरीसँगै आर्सनल १८ खेलबाट ४० अंकसहित तालिकाको शीर्षस्थानमा कायमै छ । यस्तै, ३९ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा छ ।