पुस १२, २०८० बिहिबार

चितवन, १२ पुस : चितवन चेम्बर अफ कमर्शको अध्यक्षमा युवा व्यवसायी गोपाल भट्टाराई निर्विरोध निर्वाचित हुनुभएको छ । वार्षिक साधारणसभा तथा दास्रो अधिवेशनबाट संस्थापक उपाध्यक्षसमेत रहनुभएका उहाँको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको होे ।
    
    तीनवर्षे कार्यकालको सो कार्यसमितिको उपाध्यक्षद्वयमा क्रमशः रुबेन रामुदामु र सोमप्रसाद काप्री, महासचिवमा महेश तिवारी, सचिवमा अर्जुन अधिकारी, कोषाध्यक्षमा अनुषा पाठक, सहकोषाध्यक्षमा प्रकाश श्रेष्ठ चयन हुनुभएको छ । 

    यस्तै सदस्यमा गगन लामा,  शुकरानी लामा, शोभा गौतम, नवीन रिजाल, बलराम भण्डारी, दिपेश श्रेष्ठ, निलेनमान शाक्य, रामप्रसाद सुवेदी, प्रमिल न्यौपाने, विशाल भट्टाराई, अच्युत थपलिया, शोभाखर अधिकारी र पुरुषोत्तम कँडेल रहनुभएको छ ।

     विसं २०७५ मा स्थापित सो संस्थाले व्यावसायिक हकहित प्रवद्र्धन, व्यावसायिक दक्षता विकास, साझा सरोकारलगायत क्षेत्रमा काम गर्दै आएको छ ।