पुस १२, २०८० बिहिबार

इजरायली आक्रमणमा  गाजामा कम्तीमा ५० जनाको मृत्यु भएको छ ।

गाजा पट्टीका बेइट लाहिया, खान युनिस र अल-मगाजी शहरहरूमा इजरायली आक्रमणमा बिहीबार ५० जना भन्दा बढी व्यक्तिको मृत्यु भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता अशरफ अल-कद्राले विज्ञप्ति जारी गर्दै आक्रमणमा दर्जनौं व्यक्ति घाइते भएको र मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने बताउनु भएको  छ ।  

साथै उत्तरी गाजा बेइट लाहियामा रहेको एउटा आवासीय चौकमा इजरायली बमबारीमा ३० जनाभन्दा बढीको मृत्यु भएको बताइएको छ ।