पुस १३, २०८० शुक्रबार

काठमाडौँ । ललितपुरको बालकुमारीमा मन्त्रीको गाडीमाथि आगजनी गरिएको छ । आन्दोलनरत इपीएस परीक्षाका विद्यार्थीले मन्त्रीको गाडीमा आगो लगाएका हुन् । 

बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरिएको हो ।  उक्त गाडी भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गरेका थिए । मन्त्री र पीएसओलाई गाडीबाट बाहिर निकालेर प्रदर्शनकारीले गाडीमा आगो लगाएका हुन् । 

 ललितपुरको बालकुमारीमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । ईपिएस मार्फत कोरिया जान लागेकाहरूले गरेको प्रदर्शन नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एक जना अधिकृतले बताए । 

प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला सवार गाडी जलाएका छन् । मन्त्री ज्वाला सुरक्षित छन् ।