काठमाडौं : त्रिभुवन विश्वविद्यालयमा एमफिल र विद्यावारिधि (पीएचडी) को पढाई नि:शुल्क हुनुपर्ने माग गर्दै विद्यार्थीहरुरूले प्रदर्शन गरेका छन् । त्रि.वि. विद्यार्थी संघर्ष समितिले आज कीर्तिपुरस्थित विश्वविद्यालय परिसरमा प्रदर्शन गर्दै एफफिल र पीएचडीको पढाइलाई वैज्ञानिक र नियमित बनाउन माग गरेका हुन् ।
साथै उनीहरूले ग्र्याजुएट स्कुल अफ सोसल साइन्सको पनि माग गरेका छन् । विद्यार्थीहरूले विश्वविद्यालयलाई व्यापारको थलो नबनाउन र राजनीतिक भागभण्डा अन्त्य गर्न भन्दै विभिन्न नारा लगाएका थिए ।