पुस १६, २०८० सोमबार

चीनको आर्थिक तथा प्राविधिक विकासमा  गुणस्तरीय विकास , वैदेशिक व्यापार तथा लगानीको स्थिरताले महत्वपूर्ण भुमिका खेलेको चीनको वाणिज्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको तथ्याङ्कअनुसार २३० विकास क्षेत्रमा सन् २०२२ मा कूल १०.३ ट्रिलियन युआन  वैदेशिक व्यापार भएको छ ।  जुन चीनको कूल वैदेशिक व्यापारको २५ प्रतिशत हो । 

विकासका क्षेत्रहरूमा उच्च–प्रविधि उत्पादनहरूको व्यापार सन् २०२२ मा तीन ट्रिलियन युआन पुगेको थियो । जुन चीनको समग्र  व्यापारको  २७  प्रतिशत हो ।

 विकास क्षेत्रहरूमा प्रत्यक्ष विदेशी लगानी करिब ४३.२ बिलियन अमेरिकी डलर रहेको तथ्याङ्कले देखाएको छ । जुन चीनको कूल लगानीको २३ प्रतिशत हो ।

तथ्याङ्कअनुसार विकास क्षेत्रहरूले बलियो वैज्ञानिक र प्राविधिक आविष्कार क्षमताको विश्वास गरेका छन् । सन् २०२२ को अन्त्य सम्ममा प्रान्तीय स्तर तथा  केन्दी्रय स्थरका संस्थाहरूको सङ्ख्या सन् २०२२ को अन्त्यसम्ममा बाह्र हजार पुगेको छ ।

आधिकारिक तथ्याङ्कअनुसार संयुक्त कूल गार्हस्थ उत्पादन सन् २०२२ मा १४ ट्रिलियन युआनमा पुगेको थियो । जुन चीनको कुल गार्हस्थ उत्पादनको १२ प्रतिशत योगदान थियो ।