काठमाडौँ, २४ पुस : मधेसी पत्रकार समाज नेपालले सङ्घीयता र समावेशीतालाई आत्मसात् गरी राष्ट्रिय समाचार समिति (रासस) ले मातृभाषामा समाचार सेवा सुरु गरेकामा धन्यवाद व्यक्त गरेको छ ।
मातृभाषामा समाचार सेवा सुरु गर्नाले नेपालका सबै भाषाको सम्मान भएको समाजको भनाइ छ । “यो ऐतिहासिक कार्यका लागि अध्यक्ष धर्मेन्द्र झा एवं रासस परिवार र प्रत्यक्षरुपमा सहयोग गर्ने नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टलाई हार्दिक धन्यवाद दिन चाहान्छौँ”, समाजद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ ।
साथै समाजले राससलाई मातृभाषा समाचार सेवा सुरु गर्न दिएको प्रतिबद्धताप्रति सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा र मन्त्रालयलाई पनि धन्यवाद व्यक्त गरेको छ ।