असार १५, २०७८ मंगलबार

असार पन्ध्र गते धान दिवस र दही चिउरा खाने दिन हो । रोपाईं गरेर धान दिवस मनाउने गरिन्छ । निर्देशक दिपाश्री निरौला र नायिका स्वस्तिमा खड्काले पनि रोपाईं गरेर धान दिवस मनाएका छन् ।

साथी सुर्विन राईसँग भक्तपुर पुगेर दिपाश्री र स्वस्तिमाले रोपाईं गरेर धान दिवस मनाएका हुन् । खेतमा धान रोपेका तस्बिरहरु दिपाश्रीले आफ्नो फेसबुकमा सेयर गरेकी छिन् । दिपा, स्वस्तिमा र सुर्विनले मेलम्चीमा पुगेर बाढी प्रभावितलाई सहयोग समेत गरेका थिए । उनीहरुको मित्रता गाढा छ ।