माघ २, २०८० मंगलबार

काठमाडौँ । मोडल नीति शाहले फिल्म ‘खजुरे ब्रो’ आफ्ना लागि लक्की भएको बताएकी छन् । यस अगाडि केही फिल्ममा अनुबन्धित भएपनि अभिनय अवसर नमिलेको बताएकी शाहले ‘खजुरे ब्रो’बाट अभिनयमा डेब्यु गर्न पाउँदा निकै खुसी लागेको सुनाइन् । 

‘डेब्युका लागि हतारिएर फिल्म रोजेको होइन, यो फिल्मको कथा र टिम सबै मनपरेको छ’, शाहले थपिन् ।

सुरज सुनुवारको निर्देशनमा फिल्म ‘खजुरे ब्रो’ बन्न लागेको हो । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा फिल्म कमेडी जनरामा बन्ने लेखक समेत रहेका निर्देशक सुनुवारले बताए । ‘‘खजुरे ब्रो’ धरानमा चर्चित व्यक्ति ‘खजुरे ब्रो’ को नाम र उही क्यारेक्टरमा निर्माण गर्न लागिएको हो’, निर्देशक सुनुवारले भने ।

रेयर राई, महेश त्रिपाठी, नीति शाह, नविन मानन्धर, प्रकाश भुजेल, विनीता थापा मगर, सुष्मा निरौला, पुस्कर कार्की, मनिष राउत, प्रेम सुब्बा र सुजाता राई लगायतको मुख्य भूमिका फिल्म रहनेछ  

नवीन मानन्धर र सुरज सुनुवारले निर्माण गर्न लागेको फिल्मका कार्यकारी निर्माता डायमन्ड उप्रेती हुन् । शिशिर बिसंखेले छायाङ्कन गर्ने फिल्मको सुटिङ सुरु भएको छ । केहि दिनको काठमाडौँको छायाँकनपछि युनिट धरान प्रस्थान गर्नेछ । अनमोल गुरुङको सङ्गीत रहने फिल्म काठमाडौँ, धरान र दार्जिलिङ छायाङ्कन हुनेछ । फिल्मको सह–निर्माता अनिल मानन्धर र पिकेश मानन्धर हुन् ।

दिव्य दृश्य इन्टरटेन्टमेन्टले निर्माण गर्न लागेको फिल्म इन एसोसियसन विथ मान्द्रो प्रोडक्सन र मल्टी प्रपोज प्रा.लिको सहकार्यमा बन्ने छ ।