माघ २, २०८० मंगलबार

इरानको इस्लामिक रिभोलुसन गार्ड्स कोरले सिरिया र इराकको कुर्दिस्तान क्षेत्रमा "आतङ्कवादी" र इजरायलको गुप्तचर सेवा मोसादको अड्डा विरुद्ध ब्यालेस्टिक क्षेप्यास्त्रको ब्यारेज प्रहार गरेको जनाएको छ। 

आईआरजीसीले मङ्गलबार बिहानै सेपाह समाचारमा प्रकाशित तीनवटा विज्ञप्तिमा आक्रमणको घोषणा गरेको छ । यी आक्रमणहरू मध्यरातमा बलुचेस्तानमा हालैका "आतङ्कवादी हमलाहरू" को प्रतिक्रियाको रूपमा गरिएको बताइएको छ । 

इराकी सुरक्षा स्रोतका अनुसार इराकी कुर्दिस्तानको राजधानी एर्बिलमा आईआरजीसीले गरेको मिसाइल आक्रमणमा चार जनाको मृत्यु भएको छ।

जनवरी ३ मा, दुई "आत्मघाती आतङ्कवादी" ले केरमानमा इरानी जनरल कासिम सुलेमानीको चिहान नजिकै दुईवटा बम विस्फोट गराएको बताइएको छ । त्यसको परिणामस्वरूप ९० जनाभन्दा बढीको मृत्यु भएको छ भने र २८० जना घाइते भएका छन्। 

जनवरी ४ मा भएको बम विस्फोटको जिम्मेवारी  आईएस आतङ्कवादी समूहले लिएको थियो।