साहित्यकार तेजराज खतिवडा (तेराख)को ७८ वर्षको उमेरमा निधन भएको छ। उनको बिराट नर्सिङ होम बिराटनगरमा उपचारका क्रममा निधन भएको हो। श्वासप्रश्वास तथा ढाडको समस्या भएपछि उनलाई तीन दिन अघि बिराट नर्सिङ होममा उपचारका लागि भर्ना गरिएको थियो। उनको बुधबार दिउँसो साढे १ बजे निधन भएको परिवारका सदस्याहरूले जानकारी दिएका छन्।
मंगलवारदेखि उनलाई भेन्टिलेटरमा राखिएको थियो। नेपाली साहित्यमा प्रगतिशील स्रष्टाको रुपमा परिचित तेराखको ‘सर्वजा’ सबैभन्दा प्रख्यात उपन्यास हो। टेस्ट ट्युब बेबी ९नाटक०, रातको बाह्र बजे (उपन्यास), प्रिय शान्तिनगर ९खण्डकाब्य०, ढाडेका नाकमा घिउ (निबन्ध) लगायत दर्जनभन्दा बढी उनका चर्चित कृति प्रकाशित छन्।
तत्कालीन शान्तिनगर–४ इरौँटारमा २००१ साल वैशाख १ गते जन्मेका उनको हाल मेचीनगर–९ धुलाबारीमा बसोबास थियो।