माघ ७, २०८० आइतबार

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल सोसिडाडले जित निकालेको छ ।

गएराति भएको खेलमा सेल्टा भिगोलाई १–० गोलले हराउँदै रियलले जित निकालेको हो ।

रियलका लागि ब्राइस मेन्डेजले एक गोल गरेका थिए । उनले खेलको ११औँ मिनेटमा गरेको उक्त गोल नै रियलको जितका लागि निर्णायक बनेको थियो ।

यो जितसँगै रियल सोसिडाड २१ खेलबाट ३५ अंक जोडेर तालिकाको छैटौँ स्थानमा रहेको छ । पराजित भएको सेल्टा भिगो १७ अंकसहित १६औँ स्थानमा छ ।