माघ ८, २०८० सोमबार

काठमाडौँ । केही दिनअघि ‘हिमाली छोरी’ बोलको गीतको भिडियो दर्शक, श्रोतामा ल्याएकी गायिका पल्मु शेर्पाको अर्को गीत ‘मकालु शेर्पा गाउँ’ सार्वजनिक भएको छ । गीतमा पल्मुलाई दावा लामा शेर्पाले स्वरमा साथ दिएका छन् । गीतमा जीवन बमजनको शब्द तथा सङ्गीत छ ।

गीतको भिडियो पनि बनेको छ । जसको छायाङ्कन सिन्धुपाल्चोकको भोटेकोसी आसपासमा गरिएको छ । भिडियोमा लाक्पा शेर्पा, दावा लामा शेर्पा, पासाङ डी शेर्पा लगायतको अभिनय छ ।

भिडियोको निर्देशन सर्जु राईले गरेका हुन् । भिडियो  गायिका शेर्पाको अफिसियल युटूव च्यानलमार्फत सार्वजनिक भएको छ ।