माघ ८, २०८० सोमबार

काठमाडौँ, माघ : नेपाल चीनबीच सांस्कृतिक आदानप्रदान एवं पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले काठमाडौँमा नेपाल सान्दोङ (बिन्जु) सांस्कृतिक सप्ताह तथा सान्दोङ फोटोग्राफी प्रदर्शनी सुरु भएको     
    
 नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ राजदूतावास तथा नेपाल फोटो पत्रकार महासङ्घको समन्वय तथा चीनको प्रान्तको सान्दोङ प्रान्त सान्दोङ (बिन्जु) फोटोग्राफी एशोसिएसनको आयोजनामा सुरु भएको प्रदर्शनी एक सातासम्म सञ्चालन हुनेछ बोर्ड परिसरमा भएको फोटो प्रदर्शनीमा सान्दोेङ प्रान्तका विभिन्न ६० वटा तस्वीर राखिएका छन्     
    
 चिनियाँ नयाँ वर्षका अवसरमा आयोजना गरिएको उक्त फोटो प्रदर्शनीको उद्घाटन गर्दै बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले नेपाल चीनबीच लामो धार्मिक तथा सांस्कृति सम्बन्ध रहिआएको उल्लेख गर्दै तस्बिर प्रदर्शनीले दुई देशबीचको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो     
    
 नेपालस्थित चिनियाँ दूतावासका काउन्सिलर से यूले सान्दोङ सांस्कृतिक तथा प्राकृतिक दृष्टिले महत्वपूर्ण प्रान्त रहेको जानकारी दिँदै तस्बिर प्रदर्शनीका माध्यमबाट दुई देशबीचको सम्बन्ध थप सुमधुर बन्नुका साथै पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो     
    
 कार्यक्रममा नेपाल चीनफ्रेन्डसीप फोरमका अध्यक्ष डा कल्याणराज शर्मा, नेपाल एशोसिएसन अफ ¥याफ्टिङ एजेसिन्ज् (नारा) का अध्यक्ष शिव अधिकारी, बिन्जु फोटोग्राफी एशोसिएसनका अध्यक्ष लि ज्याङ मिङ, फोटो पत्रकार महासङ्घ नेपालका अध्यक्ष हरिप्रसाद रेग्मीलगायतले यस प्रकारको तस्बिर प्रदर्शनी दुवै देशमा आयोजना गर्न सुझाउनुभयो     
---