माघ ८, २०८० सोमबार

पर्वत, माघ : गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घ सरकारले प्रदेश सरकारलाई पूर्ण अधिकार दिन माग गर्नुभएको नेपाली कांग्रेस पर्वतको दोस्रो जिल्ला सम्मेलनलाई आज पर्वतमा सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले सङ्घले पूर्ण अधिकार नदिएसम्म प्रदेश सरकारले सोचेअनुसारको विकास गर्न नसक्ने बताउनुभयो अधिकार प्राप्ति नहुँदा थुप्रै विषय अड्किएको बताउँदै यसले सङ्घीयतालाई समेत कमजोर बनाएको उहाँको भनाइ थियो     
    
 केन्द्र सरकारको मात्रै मुख ताक्दा समुन्नत प्रदेश बनाउन नसकिने भएकाले प्रदेशलाई नै समृद्ध बनाउनुको विकल्प नभएको बताउनुभयो मुख्यमन्त्री पाण्डेले आयातमा निर्भर निर्वाहमुखी अर्थतन्त्रलाई रूपान्तरण गर्दै आत्मनिर्भर उत्पादनमूलक निर्यात उन्मुख प्रदेश अर्थतन्त्रको निर्माण गर्ने योजना रहेको बताउनुभयो उहाँले सङ्घीय सरकारले थोरै बजेट विनियोजन गर्दा पनि विकास प्रभावित हुने गरेको समेत टिप्पणी गर्नुभयो     
    
 अर्को प्रसङ्गमा मुख्यमन्त्री पाण्डेले गणतन्त्र उल्ट्याउन चाहने तत्वले कांग्रेसलाई चौतर्फी प्रहार गर्दै कमजोर बनाउने प्रयास गरिरहेको समेत बताउनुभयो कांग्रेसलाई कमजोर बनाएर प्राप्त उपलब्धिलाई समाप्त पार्न खोजिएको सम्भव नहुने बताउनुभयो पार्टीको विधानले दिएको काम, कर्तव्य अधिकारलाई सामूहिकरूपमा निर्वाह गर्न सकेमात्र कांग्रेस बलियो हुने एकल बहुमत ल्याउन सकिने उहाँ धारणा थियो