माघ ११, २०८० बिहिबार

पोखरा । राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत गण्डकी प्रदेशबाट अपाङ्गता क्लष्टरमा कांग्रेसका पदमबहादुर परियार विजयी भएका छन् । बिहीबार सम्पन्न निर्वाचनबाट उनले ३ हजार ७ सय ७४ मतभार पाएर विजयी भएका हुन् । परियारलाई स्थानीय तहतर्फ १०१ र प्रदेशसभातर्फ ३५ जनाले मत दिएका थिए । 

विपक्षी एमालेका हेमचन्द्र शेरचनले २ हजार ४ सय ५८ मतभार पाए । उनलाई स्थानीय तहतर्फ ६८ जना र प्रदेशतर्फ २२ जनाले मतदान गरेका थिए । अपाङ्गता कोटामा ३ मत बदर भएको छ । यो क्लष्टरमा भने मत क्रस भएको छैन ।