माघ १५, २०८० सोमबार

काठमाडौँ । फिल्म ‘खुस्मा’को छायांकन सुरु भएको छ । हिमाली जिल्ला मनाङबाट फिल्मको छायांकन सुरु भएको हो । हिउँका दृश्यहरू फिल्मका लागि महत्त्वपूर्ण भएका कारण फिल्मको छायांकन मनाङबाट गरिएको हो । धिरज मगर र उपासनासिंह ठकुरीको मुख्य भूमिका रहने फिल्मका निर्देशक अशोक थापा मगर हुन् । केही डकुमेन्ट्री निर्देशन गरेका मगरको यो निर्देशनमा डेब्यु फिल्म हो ।

मनाङमा १० दिन सुटिङपछि फिल्म युनिट पूर्वी रुकुम पुग्नेछ ।  ॐ एम मिडिया प्रालि प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्ममा बेताने मगर, चन्द्र भट्टचन, मोहन राई  र सुस्मिता बुढाथोकी निर्माता रहेका छन् ।

‘खुस्मा’ मा एसडी योगीको सङ्गीत, दीपक बज्राचार्यको छायांकन छ । फिल्ममा धिरज र उपसनाका अलावा अस्तित्व भट्टचन, खड्कबहादुर पुन (खबपु) र अरुण मगरको समेत अभिनय रहनेछ । प्रेमकथामा  बन्न लागेको फिल्म ‘खुस्मा’ काफिया फिल्मस्ले वितरण गर्नेछ ।