माघ १७, २०८० बुधबार

गोलबजार (सिरहा), १७ माघ : लहान नगरपालिका र सगरमाथा चौधरी आँखा अस्पतालबीच निःशुल्क मोतिविन्दुको शल्यक्रियाका लागि सम्झौता भएको छ । सम्झौताअनुसार एक हजार लहानवासीको निःशुल्क शल्यक्रिया गरिनेछ । 

सम्झौता पत्रमा  नगरप्रमुख  महेश चौधरी र अस्पताल सञ्चालक समिति अध्यक्ष रवीन्द्रलाल चौधरीले हस्ताक्षर गर्नुभयो । नगरपालिकाको आर्थिक सहयोग र अस्पतालको प्राविधिक सहयोगमा लहानका  वडामा निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरिनेछ । 

लहान नगरपालिकाले गतवर्ष पनि एक हजार जनामो मोतिवन्दुको शल्यक्रिया र सात हजारभन्दाबढीको जाँच उपचार गराएको थियो ।