माघ २२, २०८० सोमबार

देउखुरी (दाङ), २२ माघ : लुम्बिनी प्रदेशसभाको हिउँदे अघिवेशन आगामी फागुन १८ गते शुक्रबार दिउँसो ३ बजे आह्वान गरिएको छ । 

    नेपालको संविधानको धारा, १८३ को उपधारा (१) र धारा, १६६ को उपधारा (२) अनुसार मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले बैठक आह्वान गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता भूमिश्वर ढकालले जानकारी दिनुभयो ।