माघ २४, २०८० बुधबार

इस्लामावाद, २४ माघ: पाकिस्तानको निर्वाचन आयोगले बिहीबार हुने पाकिस्तानको आम चुनाव २०२४ को सबै तयारी मङ्गलबार मध्यरातमा राजनीतिक दल तथा उम्मेद्वारहरूले आधिकारिक नियमहरू अनुरूप आफ्नो अभियान सम्पन्न गरेका छन् । 

आम चुनावमा सहभागी हुने कुनै पनि उम्मेदवार र राजनीतिक पार्टीले मौन अवधिमा बैठक, जुलुस, प्रचार लगायतका कार्यक्रममा भाग लिएमा कानून अनुसार कारर्वाही गरिने सुचना पाकिस्तानको निर्वाचन आयोगले जानकारी गराएको छ । 

निर्धारित समयपछि, निर्वाचन अभियान, विज्ञापनलगायत अन्य लिखित सामग्रीहरू इलेक्ट्रोनिक र छापाका सञ्चारमाध्यम प्रकाशन गर्न समेत निषेध गरिएको निर्वाचन आयोगल जनाएको छ । 

निर्वाचन आयोगले चुनाव सम्पन्न नभएसम्म सञ्चारमाध्यममा सबै प्रकारका मतदान सर्वेक्षणको प्रकाशन र प्रसारणमा पनि प्रतिबन्ध लगाएको छ ।

राजनीतिक नेता र प्रतिस्पर्धी उम्मेदवारले अधिकतम सार्वजनिक समर्थन प्राप्त गर्नका लागि चुनावी अभियानमा  सार्वजनिक जमघट, ¥याली, बैठक र घरदैलो अभियान सञ्चालन गरेका थिए । 

निर्वाचन आयोगका अनुसार देशभर ९० हजार ६७५  मतदान केन्द्र स्थापना गरिएको छ ।  सुरक्षाकर्मी तथा मतदाताको सहयोगमा चुनावकोे लागि सबै व्यवस्था सम्पन्न भइसकेको छ ।

निर्वाचन आयोगको तथ्याङ्क अनुसार राष्ट्रिय सभा वा संसदको तल्लो सदनका लागि २६६ वटा साधारण सीटसहित कूल पाँच हजार एक सय २१ उम्मेदवारले प्रतिस्पर्धा गर्नेछन् ।

प्रदेश सभाका लागि चार प्रान्तका ५९३ सिटमा  १२ हजार ६९५ उम्मेदवारले प्रतिस्पर्धा गर्नेछन् ।

निर्वाचन आयोगले बिहीबार हुने राष्ट्रिय सभा र प्रदेश सभा चुनावका लागि मतदान गर्न  सबै दर्ता भएका मतदातालाई आग्रह गरेको छ ।