फागुन १, २०८० मंगलबार

बैङ्कक, १ फागुन: थाइल्यान्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रालाई चाँडै रिहा गर्ने तयारी गरिएको  न्याय मन्त्री तावी सोड्सोङले मङ्गलबार बताएनु भएको छ ।  
 
मन्त्रीमण्डलको बैठकमा भाग लिनुअघि तावीले पत्रकारहरूसंग  थाक्सिन यस महिना जेल बाट छुटकरा पाउनका लागि  स्वीकृत नौ सय ३० कैदीहरू मध्ये  एक  जना भएको बताउनु भएको छ । 

७४ बर्षीय थाक्सिन ७० वर्षभन्दा माथिको तथा गम्भीर रोगको बिरामी भएका कारण जेल मृक्तीको  लागि सुचि बद्ध भएका उहाँको भनाई छ । 

करिव छ महिना जेल सजाय भोगसकेका थाक्सिन फेब्रवरी १७ मा  रिहा हुने अपेक्षा गरिएको छ ।

ताहसिनल  १५ वर्षभन्दा बढीको निर्वासन समाप्त गरेर गत वर्ष अगस्टमा थाइल्यान्ड फर्कीनु भएको थियो । उहाँलाई हिरासतमा लगेर विभिन्न अभियोगमा आठ वर्षको जेल सजाय सुनाइएको थियो । 
यद्यपि, अस्स्थताका कारण उहाँलाई छोटो समयमै बैङ्ककको जेलबाट अस्पतालमा सारे देखि अस्पतालमा नै रहेको बताईएको छ । 

 गत सेप्टेम्बरमा, थाई राजा महा भाजिरालोङ्र्नले शाही माफीको लागि अनुरोध गरेपछि थाक्सिनको जेल सजाय एक वर्षमा घटेको थियो । 
 थाक्सिनले सन् २००१  देखि २००६  सम्म दक्षिणपूर्वी एसियाली देशको प्रधानमन्त्रीको रूपमा सेवा गरी सन् २००८  स्व–निर्वासनमा रहनु भएको थियो ।