असार २१, २०७८ सोमबार

सरकारले कोरोनाबाट स्थगित सबै वार्षिक परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको छ। आइतबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले रोकिएको परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको हो।

तीन वटै जिल्लाले गरेको निर्णय अनुसार एउटा परीक्षा हलमा २५ जनाभन्दा बढी परीक्षार्थी राख्न पाइने छैन्। ‘एकै दिन २५ भन्दा बढी जम्मा हुने अवस्था भएमा दुई सिफ्टमा परीक्षा सञ्चालन गरी परीक्षार्थी हलमा प्रवेश गर्न र परीक्षा समाप्त भएपछि सरकारले तोकेको मापदण्ड बमोजिम भौतिक दुरी कायम गर्ने व्यवस्था गराउनुपर्ने छ,’निर्णयमा भनिएको छ।

परीक्षा सञ्चालनको बेला अनिवार्य मास्क,सेनिटाइजरको प्रयोग गर्नुपर्ने पनि बैठकले निर्णय गरेको छ। विद्यालय, त्रिभुवन विश्वविद्यालय लगायत तहका वार्षिक परीक्षा वैशाख १६ गतेबाट निषेधाज्ञा जारी भएसँगै रोकिएका थिए।