असार २१, २०७८ सोमबार

डि. एस. डिजिटल सिनेमाको ब्यानरमा मोहन गमालको प्रस्तुती अमन कुमार देव र पुस्पराज नेपालको निर्माण अनि शंकर अधिकारी घायलको लेखन/ निर्देशन रहेको नशालु यो रात बोलको गीत ओएस आर डिजिटल बाट रिलिज गरिएकोछ।

जवानीको आवेग कसरी पोखिन्छ भन्ने कुरा गीतमा दर्शाएको छ रबिन श्री र माया चाहरलाई फिचरिङ गरिएको गीतमा कृष्ण पाण्डेको छायांकन, राजन महर्जनको नृत्य, निर्देशन बिश्वास भण्डारीको, सम्पादन इन्द्र कुमार श्रेष्ठ सरितको गीत राजु लामाको संगीत दिलु श्रेष्ठ र दिपक घिमिरेको स्वर रहेको छ।

रिभेन्ज मुविमा रबिन श्री, पुस्पराज नेपाल,खगेन्द्र घिमिरे ,रोशन बिसि,विशाल अग्रवाल ,पदम सुनार, रेनु थापा,गङा कुवर, अम्बिका खड्काको अभिनय ,राजेन्द्र बजगाइको पार्स्व संगीत अनि सिएल शर्मा, पुर्ण सापकोटा ,शंकर अधिकारी घायल, सन्तोष प्रगाढको संगीत शंकर अधिकारी घायल, सुभाष गौतम ,हरि मानन्धर बिबस को गीत रहेको छ।

समय सहज भए संगै मुविलाई रिलिज गरिनेछ।