फागुन १४, २०८० सोमबार

काठमाडौँ– काराबाओ (इएफएल) कपको उपाधि लिभरपुलले जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा चेल्सीलाई १–० गोलले हराउँदै लिभरपुलले उपाधि जितेको हो ।

लिभरपुलका लागि भिर्गिल भान डाइकले एक गोल गरेका थिए । निर्धारित ९० मिनेटको खेलमा दुवैतर्फबाट कुनै गोल नभए पछि खेल अतिरिक्त समयमा गएको थियो ।

अतिरिक्त समयको ११८औँ मिनेटमा भिर्गिलले गोल गरेका थिए । उनले गरेको यो गोल नै लिभरपुलको जितका लागि निर्णायक बनेको थियो ।

यो सँगै लिभरपुलले १०औँ पटक काराबाओ कपको उपाधि जितेको छ । यस्तै, म्यानचेस्टर सिटीले ८, म्यानचेस्टर युनाइटेडले ६, चेल्सी र एस्टन भिल्लाले ५–५ पटक उपाधि जितेका छन् ।