सन्धिखर्क, १४ फागुन : सन्धिखर्क स्मार्ट कृषि गाउँ समिति सन्धिखर्क–१ र २ को सार्वजनिकीकरण कार्यक्रम सम्पन्न भएको छ । आर्थिक वर्ष २०८०÷८१ मा गरिने कार्यक्रमको सार्वजनिकीकरण गरिएको हो ।
यस वर्ष व्यावसायिक तरकारी खेतीअन्तर्गत तरकारीको बीउ वितरण, प्रविधि खरिद, प्लास्टिक टनेल निर्माणजस्ता विभिन्न कार्यक्रम गरिने स्मार्ट कृषि गाउँ समिति सन्धिखर्कका अध्यक्ष प्रेमनारायण भुसालले राससलाई जानकारी दिनुभयोे । किसानको ५० प्रतिशत लागत साझेदारीमा यस वर्ष ४५ लाखको लागतमा कृषकमुखी विभिन्न कार्यक्रम गरिने संस्थाका अध्यक्ष भुसालको भनाइ छ । यस कार्यक्रमबाट ५६ जना किसान लाभान्वित हुँदै आएका छन् ।