असार २२, २०७८ मंगलबार

गीत संगीतको निरन्तर दौडानमा भाेलि फेरि बादल घिमिरेद्वारा प्रस्तुत 'अग्लो तारे भिर'  बजारमा सार्वजनिक हुँदैछ ।  जसको कथा/निर्देशन बिक्रम चौहानले गरेेेेका छन् । 

नेपालमार्गसगँ कुरा गर्दै घिमिरेले भने "अर्को एक सङ्गितिक प्रस्तुति ल्याउने जमर्को गरेका छौँ, जसमा समाजमा रहेका कयौँ घटनामध्ये एउटा दुखान्त कथालाई गीतमार्फत चित्रण गर्नमा हामी जुटिरहेको जानकारी गराउछौँ।"  

यस गीतको अभिनयमा अञ्जली अधिकारी/बादल घिमिरे,रामचन्द्र अधिकारी/ सुरबीर पण्डित र कृष्ण जोशी रहेका छन्। त्यस्तै शान्ति श्री परियार र सनी बिश्वकर्मा स्वर अनि शब्दरसंगीत भने बादल घिमिरे आफैले गरेका छन्।  संगीत/संयोजन कृष्ण भान्जा प्वनी मिश्रण श्यामश्वेत रसाइली रेकर्ड रहेको छ।

यस गीतको भिडियो पनि राम्रो बनेको घिमिरेले बताएका छन्। सबैले हेरेर प्रतिक्रिया दिनुहोला !