नायक राजेश हमालले सिन्धुपाल्चोकका बाढी प्रभावित क्षेत्र हेलम्बू र पाँचपोखरीमा पुगेर राहत वितरण गरेका छन्।
हेलिकप्टरमार्फत हेलम्बू पुगेका उनले स्थानीयलाई खाद्यान्न, लुगाफाटो तथा सोलार प्यानल वितरण गरेका हुन् । कतिपयलाई उनले बिजुली चार्जर उपकरणसमेत प्रदान गरे ।
उनलाई स्थानीयले खादा र फूलले स्वागत गरेका थिए। उनले बाढी पहिराले क्षति पुर्याएको स्थानको अवलोकन गर्नुका साथै गाउँपालिकामा भएको छलफलमा समेत सहभागिता जनाएका थिए।