कोरोना भाइरसका कारण रोकिएका स्नातक तहका विभिन्न तहका परीक्षाफल त्रिभुवन विश्वविद्यालयले यसै महिनाभित्र प्रकाशित गर्ने भएको छ । विद्यार्थीलाई स्नातकोत्तर तहमा नयाँ भर्नाका लागि समय मिल्ने गरी असारभित्र परीक्षाफल प्रकाशित गर्ने गरी तयारी भइरहेको विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ ।
यस्तै स्नातकोत्तर तहमा भर्ना चाँडै सुरु गरिने जनाइएको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीले कार्यालयका कर्मचारीमा कोरोनाको प्रभावका कारण परीक्षाफल प्रकाशनमा समस्या देखिएको बताउँदै परीक्षाफल असारभित्र प्रकाशित गरिने बताए । स्नातक तह तेस्रो र चौथो वर्षको परीक्षाफल प्रकाशित हुन सकेको छैन ।