बादल घिमिरेद्वारा प्रस्तुत 'अग्लो तारे भीर' आज सार्वजनिक भएको छ ।
समाजमा घटित तमाम घटनामध्ये एउटा दु:खान्त कथावस्तुलाई गीतमार्फत चित्रण गरिएको यस गीतमा कथा/निर्देशन विक्रम चौहानले गरेेेेका छन् । यस्तै गीतमा अञ्जली अधिकारी, बादल घिमिरे, रामचन्द्र अधिकारी, सुरवीर पण्डित र कृष्ण जोशीले अभिनय गरेका छन् ।
शान्तिश्री परियार र सनी विश्वकर्माको स्वर रहेको गीतमा शब्द र संगीत भने बादल घिमिरे आफैले गरेका छन् । सङ्गीत संयोजन कृष्ण भान्जा र ध्वनी मिश्रण श्यामश्वेत रसाइलीले गरेका छन् । नेपालमार्गसगँ कुरा गर्दै घिमिरेले नयाँ साङ्गीतिक प्रस्तुति ल्याउने जमर्को गर्दै यस गीतको भिडियो पनि राम्रो बनेको बताएका छन् ।
भिडियो हेर्न दिइएको लिङ्कमा क्लिक गर्नुहोस् ।