फागुन ३०, २०८० बुधबार

काठमाडौँ, ३० फागुन : त्रिकोणात्मक टी–२० सिरिजमा पपुवा न्युगिन (पिएनजी) ले नेपाललाई जितका लागि एक सय ७२ रनको लक्ष्य दिएको छ । 

    हङकङको मोङकोकस्थित मिसन रोड क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पिएनजीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १७१ रनको योगफल बनाएको हो ।

    पिएनजीका लागि टोनि उराले अर्धशतक प्रहार गरे । उनले ६१ रन बनाए । यसैगरी एली नाओ ३० रनमा अविजित रहे ।  

    नेपालका लागि कुशल भुर्तेल र आकाश चन्दले समान तीन/तीन विकेट लिए भने करण केसी र गुल्सन झाले समान एक/एक  विकेट लिए ।