चैत १, २०८० बिहिबार

टोकियो, १ चैत:  जापानको फुकुसिमा आणविक केन्द्रमा गत महिना भएको चुहावट ‘एउटा सानो घटना’ भएको अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय ( आईएईए) का प्रमुख राफेल ग्रोसीले बिहीबार बताउनुभएको छ । 

केन्द्रको सञ्चालन गर्दै आएको टोकियो इलेक्ट्रिक पावर कम्पनी (टेप्को) ले फेब्रुअरीको सुरुमा विकिरणजन्य पानीको एक हल्को प्रशोधनस्थलको एक भागबाट चुहावट भएको जनाएको थियो ।

सन् २०११ मा विनाशकारी मन्दीको चपेटामा परेको उक्त प्लान्टबाहिर प्रदूषणको कुनै सङ्केत नदेखिएको बताइएको छ ।

जापानको तीन दिने भ्रमणमा रहेका ग्रोसीले उक्त घटनालाई ‘केन्द्रकोे एक छेउबाट आएको हल्को’ को संज्ञा दिनुभएको थियो ।

उहाँले भन्नुभयो, “सुरुमा पाँच घनमिटर (पाँच हजार लिटर) पानी को अनुमान गरिएको उक्त पानीको मात्रा पछि संशोधन गरेर १.५ घनमिटर (एक हजार ५०० लिटर) भएको उल्लेख गरिएको थियो ।” 

आईएईए प्रमुखले भन्नुभयो, “यो एउटा सानो घटना हो । यस्तो घटना ठूलो औद्योगिक स्थलमा हुन सक्छ, यसको कुनै ठूलो प्रभाव देखिँदैन ।” 

“प्लान्टबाट पानीको निर्वहन यस घटनाको ‘प्रक्रियासँग कुनै सम्बन्ध छैन,” उहाँले भन्नुभयो । 

आईएईएले पानी छोड्ने कार्यलाई अनुमोदन गरेको छ र टेप्कोका अनुसार ट्रिटियमबाहेक सबै विकिरणजन्य तत्वहरू फिल्टर गरिएको छ र यसको स्तर सुरक्षित सीमाभित्र छ ।

प्रशान्त महासागरमा पानी छोडिएको बारेमा वातावरण प्रदुषित गरिएको भन्दै चीन र रूसले जापानले आलोचना गर्दै जापानी सीफुड आयातमा प्रतिबन्ध लगाएका छन् ।