असार २४, २०७८ बिहिबार

कलाकार जेनी कुँवरले आत्महत्या गरेकी छिन्। अनामनगरस्थित एक अपार्टमेन्टमा बस्दै आएकी कुँवर बिहीबार साँझ झुण्डिएको अवस्थामा भेटिएकी हुन्।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता रमेश थापाका अनुसार अपार्टमेन्टमा झुन्डिएको अवस्थामा उनको शव फेला परेको हो। उनी सनराइज सिटीको अपार्टमेन्टमा बस्दै आएकी थिइन्। निर्मात्री समेत रहेकी उनले ‘जिन्दगानी’ मैदान, जीवनदाता, कानुन, अभिमन्यु, विन्तिपत्र, मलाई माफ गरिदेऊ लगायतका फिल्ममा अभिनय गरेकी थिइन्।

उनी एक्लै बस्दै आएकी थिइन्। केही समय कलाकारितामा लागेकी कुँवर पछिल्लो समय धार्मिक क्रियाकलापमा संलग्न थिइन्। पशुपती मन्दिर क्षेत्र परिसरमा गरेको गतिविधीका कारण कुँवर बारम्बार विवादमा आएकी थिइन्।