किमाथाङ्का (सङ्खुवासभा), ६ चैत : सङ्खुवासभाको चिचिला गाउँपालिकाले सेपाक ताक्रो दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा पदक विजेतालाई सम्मान गरेको छ ।
गाउँपालिकाले चिचिला–१ का रोशन गुरुङलाई रु ५० हजारसहित सम्मान गरेको हो । जिल्ला सेपाक ताक्रो सङ्घका अध्यक्ष रोषण थापा मगरले जानकारी दिनुभयो । सेपाक ताक्रो खेलाडी गुरुङलाई खेलाडीको हौसलाका लागि गाउँपालिकाले खेलाडी गुरुङलाई नगदसहित सम्मान गरेको गाउँपालिका अध्यक्ष पासाङ नुर्वु शेर्पाले बताउनुभयो ।
यस्ता सम्मानले खेलाडीमा उत्साह थप्ने सेपाक ताक्रो सङ्घका जिल्ला अध्यक्ष थापा मगरले बताउनुभयो । गुरुङ प्रतियोगितामा नेपाल उपविजेता बन्नुभएको हो । उक्त अवसरमा जिल्ला सेपाक ताक्रो सङ्घका पदाधिकारी उपस्थित हुनुहुन्थ्यो । गत फागुन १७ देखि २० गतेसम्म सञ्चालन भएको सोपाक ताक्रो दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा गुरुङले नेपालका तर्फबाट खेल खेलनुभएको थियो । सेपाक ताक्रो खुट्टाले खेलिने खेल हो ।