कोभिड–१९ ले रोकिएका त्रिभुवन विश्वविद्यालय (त्रिवि)को स्नातक प्रथम वर्षको परीक्षा १० साउनबाट हुँदैछ । करिब ३ वर्षपछि हुन लागेको परीक्षामा आफू अध्ययनरत क्षेत्रमा परीक्षा दिन नसक्नेले पायक पर्ने क्षेत्रबाट परीक्षा दिन पाउने भएका छन् ।
कोभिड र बाढी पहिरोका कारण आफू अध्ययनरत क्षेत्रमा बस्न नपाएका विद्यार्थीले पायक पर्ने क्षेत्रबाट परीक्षा दिन पाउने व्यवस्था गरेको परीक्षा नियन्त्रक प्रा. डा. पुष्पराज जोशीले जानकारी दिए । यसका लागि १८ असारमा त्रिवि प्राज्ञिक परिषद्को बैठक बसेको थियो ।
उक्त बैठकको निर्णय अनुसार एकपटकको लागि मात्र परीक्षा केन्द्र छनोट गरी पनिकाको वेभ साइटमा तोकिएको परीक्षा केन्द्रमध्येबाट पायक पर्ने जिल्लाभित्रको तोकिएको परीक्षा केन्द्र छनोट गर्न दिइएको हो ।
यसैगरी त्रिविले पहिलो सेमेष्टरमा नयाँ भर्ना लिन सुरु गरेको छ । अनलाइनबाटै फारम भर्न मिल्ने सो भर्ना १८ असारबाट सुरु भएको हो । २८ साउनमा इन्ट्रान्स एक्जाम हुँदैछ ।