विराटनगर, १२ चैतः विराटनगरमा आज उल्लासमय वातावरणमा होली मनाइँदैछ । मानिसहरु एकापसमा रङ लगाएर बधाई तथा शुभकामना आदानप्रदान गरिरहेका छन् ।
होली पर्वमा अप्रिय घटना हुन नदिन र मादकपदार्थ सेवन गरी सवारी नचलाउन आग्रह गर्दै प्रहरीको विशेष सुरक्षा व्यवस्था लागू गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता रञ्जन दाहालले होलीमा सुरक्षा व्यवस्था कडा पारिएको बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म कुनै अप्रिय घटना भएको छैन ।