चैत १८, २०८० आइतबार

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), १८ चैत : पश्चिम नवलपरासीमा भोलिदेखि मुख्यमन्त्री अन्तरप्रदेश राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिता हुने भएको प्रतियोगितमा सातवटै प्रदेशबाट खेलाडी सहभागी हुने आयोजक जिल्ला खेलकुद विकास समितिले जनाएको     
    
प्रतियोगितामा उत्कृष्ट खेलाडी तथा टोली २२ अप्रिलदेखि बङ्गलादेशमा हुने बङ्गबन्धु कप प्रतियोगितामा भाग लिने प्रमुख प्रशिक्षक विष्णुदत्त भट्टले जानकारी दिनुभयो पश्चिम नवलपरासी कबड्डीको लागि उर्वरभूमि भएकाले प्रतियोगिता यहाँ सञ्चालन गरिएको आयोजकले जनाएको     
    
प्रतियोगितामा प्रत्येक प्रदेशबाट १२ खेलाडिसहित प्रशिक्षक व्यवस्थापक गरी कूल एक सय २९ जनाको सहभागी हुने समितिका अध्यक्ष रितमानकामु मगरले जानकारी दिनुभयो उहाँका अनुसार प्रतियोगितामा रु ३२ लाख खर्च हुने अनुमान गरिएको     
    
प्रदेश खेलकुद परिषद् लुम्बिनीको मुख्य प्रवर्द्धन, लुम्बिनी प्रदेश कबड्डी सङ्घको समन्वय कबड्डी सङ्घ नवलपरासीको सहआयोजनामा सञ्चालन हुने प्रतियोगिता यही चैत १९ गतेदेखि सुरु भई २१ गते सम्पन्न हुने आयोजकले जनाएको     
    
प्रतियोगिताको विजेता समूहले रु एक लाख पचास हजार नगदसहित मेडल प्राप्त गर्नेछन् उपविजेता समूहले रु एक लाख पाउने छन् सेमिफाईनलमा पुग्ने समूहलाई रु ५०/५० हजार पुरस्कारको व्यवस्था गरिएको जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष रमेश कर्माचार्यले जानकारी दिनुभयो