चैत १८, २०८० आइतबार

    लन्डन, १८ चैत   
–हेलेन रोव    
    
 लन्डन, १८ चैत (रासस/एएफपी) : पछिल्ला वर्षहरुमा बेलायतका धेरै बालबालिकाले “मैले कहिलेदेखि स्मार्टफोन चलाउन पाउँछु ?” भन्ने प्रश्नले आम अभिभावकलाई सताउने गरेको यो प्रश्न अब नौलो होइन, आम बालबालिकाले आफ्ना अभिभावकलाई सोधेर हैरान पारिरहेका हुन्छन् बालबालिकाको दिमागमा स्मार्टफोनले पार्ने असरबाट चिन्तित बनेका बेलायतका केही अभिभावक यसलाई रोक्न निकै सङ्घर्षरत देखिएका छन्     
    
 तीन बच्चाकी आमा डेजी ग्रीनवेलले आफ्ना बालबच्चालाई विद्यालयको ढोकामा पु¬याउँदा यही स्थिति अरु अभिभावकले पनि सामना गर्नु परेको ग्रीनवेलकी साथीका ११ वर्षीय छोराले पनि यस्तै स्मार्टफोन मागेको थाहा पाइन् ती बच्चाको कक्षाका अरु तीन बालबालिकाले स्मार्टफोन प्रयोग गरेको पाइएको थियो     
    
इन्स्टाग्राममा उनले लेखेकी छिन, “अरु अभिभावकसँगको कुराकानीले मलाई आतङ्कति तुल्याएको मेरो बच्चालाई त्यस्तो सामान दिन चाहन्न जसले उनको मानसिक स्वास्थ्य बिगार्नुका साथै उनलाई कुलतमा फसाउँछ ।”    
    
“तर मलाई के पनि थाहा भने यस्तो दबाब व्यापक हुने गरेको छ,” पूर्वी इङ्ल्यान्डको उडब्रिजका एक पत्रकारले टिप्पणी लेखेका छन्     
    
उडब्रिजको टिप्पणी लगत्तै धेरै अभिभावकले स्मार्टफोनको प्रयोगबाट हुनसक्ने असरका बारेमा एकपछि अर्को धारणा सार्वजनिक गरेका छन् खासगरी बालबच्चाहरुले स्वतन्त्र रुपमा यस्ता डिभाइस चलाउन पाए उनीहरु अनलाइन बुलिङ, सामाजिक तनाब हानिकारक सामग्रीबाट प्रताडित हुनेछन्     
    
 बढ्दो साइबर अपराध वृद्घिले बालबालिकामा मानसिक तनाव उत्पन्न हुने देखेर ग्रीनवेल उनका साथी क्लेयर रेनोल्ड्सले “स्मार्टफोन फ्री चाइल्डहुड” नामको सचेतना अभियान सञ्चालन गरिन्     
    

अभिभावकको अनुभव समेतलाई आधार मानेर गरिएको प्राज्ञिक अनुसन्धानले बालबच्चाले स्मार्टफोन माग्दा अभिभावकहरुले चिन्तित हुने गरेको देखाएको कतिपय अभिभावकले भने आफूहरु बालबच्चाका अघिल्तिर निरीह हुने गरेको गुनासो गरेका थिए फोन दिँदा पनि सुरक्षामा ध्यान दिनुपर्ने उनीहरुको तर्क     
    
 बेलायतका विद्यालय शिक्षामन्त्री डेमियन हिन्ड्सले संसदीय समितिमा बोल्दै ११ वा १२ वर्ष उमेरका सबैजसो बालबालिकाले मोबाइल फोन राख्ने गरेको बताउनुभएको     
    
 वास्तवमै स्मार्टफोनले बालबालिकाको मनमा ठूलो असर गर्ने अमेरिकी सामाजिक मनोवैज्ञानिक जोनाथन हेड्टद्वारा भर्खरै प्रकाशित पुस्तक ‘द एन्क्सियस जेनेरेसन’मा उल्लेख उहाँले फोनमा आधारित बाल्यकालको भविष्य युवामा मानसिक रोगको समस्या बढ्ने यसलाई कम गर्नका लागि बालबालिकालाई स्मार्टफोनबाट टाढा राख्नुपर्ने बताउनुहुन्छ उहाँले स्मार्टफोनको पूर्ण रूपान्तरण सन् २०१० सन् २०१५ को बीचमा भएको थियोे जसले गर्दा बालबालिकाको मनमा ठूलो परिवर्तन आएको पुस्तकमा उल्लेख गर्नुभएको     
    
 स्नातक अध्ययनरत विद्यार्थी डिप्रेसनमा जानु मुख्य कारण स्मार्टफोन नै हो, अमेरिकी कलेज हेल्थ एशोसिएसनले जानकारी गराएको     
    
 चौध वर्षभन्दा अगाडि स्मार्टफोन १६ वर्षभन्दा अगाडि सामाजिक सञ्जालबाट बालबालिकालाई टाढा राख्नुपर्ने जोनाथन हेड्टले भन्नुभयो यसका लागि हामी अभिभावकले मिलेर काम गर्नुपर्ने उहाँको धारणा रहेको थियो