चैत १९, २०८० सोमबार

गाजापट्टी, १९ चैत: गाजामा हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले इजरायली सेनाले गाजाको मुख्य अलशिफा अस्पतालबाट फिर्ता भएको जनाएको अस्पताल परिसरमा तैनाथ इजरायली ट्याङ्क अन्य सैनिक सवारीसाधन इजरायली सेनाले हटाएको     
    
इजरायली सेनाले अस्पताल परिसरमा गरेको कारबाहीमा दर्जनौं व्यक्ति मारिएसँगै अस्पताल परिसर परित्याग गरेको स्वास्थ्य मन्त्रालयको भनाई यद्यपी इजरायली सेनाले अस्पताल छाडेको हो वा होइन भन्ने पुष्टि गरिसकेको छैन     
    
प्रत्यक्षदर्शीको भनाईमा अस्पताल परिसरमा इजरायली सेनाले दर्जनौं हवाई हमला गरेको थियो हमास सरकारद्वारा संचालित संचार इकाईले आफ्ना सैनिक बन्दोबस्तीका सामान हटाउन इजरायली सेनाले बमबारी गरेको हुनसक्ने बताएको     
    
हमासको मुख्य अखडा रहेको विश्वासमा अलशिफा अस्पताललाई नियन्त्रणमा लिन इजरायलले गत मार्च १८ मा अस्पतालभित्रै सैन्य कारबाही चलाएको थियो यसक्रममा सेनाले अलशिफा अस्पतालको परिसरमा २०० भन्दा बढी हमास लडाकू मारिएको दाबी गरेको थियो     
    
इजरायली सेनाले अस्पतालबाट हमास इस्लामिक जिहादका लडाकूका हातहतियार रकम बरामद गरेको दाबी गरेको थियो हमासले अलशिफा अन्य स्वास्थ्य संस्थाहरुमा आफ्ना लडाकू नरहेको बताउँदै आएको थियो     
    
हमासको स्वास्थ्य मन्त्रालयले जारी गरेको एक विज्ञप्तिमा अलशिफा अस्पताल परिसरबाट दर्जनौं व्यक्तिका सडेका शवहरु बरामद गरिएको जनाएको मन्त्रालयले इजरायली सेनाले अस्पताल छाड्नुअघि अस्पतालका मुख्य संरचनामा आगो लगाइदिएको ती भवनबाट स्वास्थ्य सेवा प्रदान गर्न तत्काल सम्भव नहुने पनि बताएको     
    
एक जना चिकित्सकले २० जनाभन्दा बढी व्यक्तिका शव भेटिएको तर तिनीहरुलाई इजरायली ट्याङ्कले कुल्चेका कारण चिन्न नसकिने अवस्थामा रहेको बताएका छन्     
    
इजरायली सेनाले अलशिफा अस्पताल कब्जामा लिनुअघि हजारौं सर्वसाधारणले त्यहाँ आश्रय लिएका थिए इजरायली सेनाले सुरुमा गत नोभेम्बर महिनामा अस्पतालमा छापा मारेको थियो     
    
यसैबीच, इजरायलले सोमबार बिहानै गाजाका अन्य स्थानहरुमा पनि घातक हवाई हमला गरेको गाजाका कैयौं स्थानमा हमास इजरायली सैनिकबीच भिडन्तहरु भइरहेका छन्     
हमासको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो हवाई हमलामा परेर कम्तीमा ६० जनाको मृत्यु भइसकेको