चैत १९, २०८० सोमबार

राँझा (बाँके), १९ चैत : भारतबाट अवैधरुपमा कुखुराको तस्करी हुँदा यहाँका व्यवसायी पीडित भएका छन् यहाँस्थित नेपालभारत मुख्य नाका जमुनाहबाट सुरक्षाकर्मीले आयात हुन नदिए पनि अवैधरुपमा भित्रि बाटो प्रयोग गरी भारतीय कुखुरा, चल्ला तथा अण्डा आयात हुने गरेको व्यवसायीले गुनासो गरेका छन्     
    
 कुखुरा व्यवसायी सङ्घ बाँकेका पूर्वअध्यक्ष लालबहादुर खत्रीले नेपाली बजारको तुलनामा भारतमा कुखुराको मूल्य कम हुने भएकाले बढी नाफा कमाउन व्यापारीले चोरीको बाटो प्रयोग गर्दै आएको बताउनुभयो उहाँका अनुसार नेपालगञ्ज, खजुरा कोहलपुरका मुख्य स्थानमा भारतबाट अवैधरुपमा आयात भएका कुखुरा माछा बिक्रीवितरण हँुदै आएका छन्     
    
 रातिको समयमा माछा, मासु तस्करी गर्ने सक्रिय हुने भएकाले बिहानसम्म पसलपसलमा भारतीय कुखुरा माछा पुग्ने गरेको खत्रीको भनाइ सबैभन्दा बढी जानकी गाउँपालिका साइगाउँ खजुरा गाउँपालिका राधापुर क्षेत्रबाट ठूलो परिमाणमा अवैधरुपमा मासुजन्य सामग्रीको तस्करी हुने गरेको उहाँले बताउनुभयो     
    
 अवैधरुपमा भित्र्याइएका कुुखुरालाई नेपाली उत्पादन भन्दै मासु व्यवसायीले नेपालगञ्ज, कोहलपुर विमानमार्फत कर्णाली प्रदेशको जुम्ला, डोल्पालगायत जिल्लामा पु¥याउने गरेका खजुरा सीतापुका कुखुरापालन गर्दै आउनुभएका लक्ष्मीबहादुर थापाले बताउनुभयो     
    
 ग्रामीण क्षेत्रका नाका प्रयोग गरी दैनिकरुपमा ठूलोमात्रामा भारतीय कुखुरा नेपाल आउनेक्रम बढेको भन्दै अहिले आफ्नो व्यवसाय नै सङ्कटमा पर्ने खतरा बढेको उहाँले बताउनुभयो बाँके बर्दियाका विभिन्न भित्री नाकाबाट मासुजन्य सामग्री तथा कुखुरा तस्करी हुने गरेकाले नेपाली किसान समस्यामा परेका उहाँको भनाइ     
    
 खुला सिमानाका कारण भारतीय कुखुरा अवैधरूपमा भित्रिँदा आफूहरूकोे व्यवसाय नै सङ्कटमा परेको नेपालगञ्ज२३ मा रहेको कादरी पोल्ट्री फार्मका सञ्चालक एवं कुखुरा व्यवसायी सङ्घका सदस्य अहमद हुसैन खानले बताउनुभयो     
    
 भारतमा विभिन्न समयमा फैलिएको बर्डफ्लूलगायत पन्छीजन्य रोग भित्रिने जोखिम भएकाले सरकारले भारतीय कुखुराजन्य सामग्री आयातमा प्रतिबन्ध लगाएको     
    
 भारतमा कुखुराजन्य सामग्रीको मूल्य नेपालमाभन्दा सस्तो हुने भएकाले बढी नाफाका लागि मासु व्यवसायीले भारतीय कुखुराजन्य सामग्री बिक्रीवितरण गर्ने गरेका कुखुरापालक किसान बताउँछन् भारतबाट अवैधरुपमा भित्रिएको ठूलो परिमाणका कुखुरा सीमासुरक्षामा खटिएको सशस्त्र प्रहरीले पक्राउ गर्दै आए पनि तस्करी नरोकिएको उनीहरुको भनाइ     
    
 चालु आर्थिक वर्षको आठ महिनामा अवैधरुपमा नेपाल भित्रिएको रू ५० लाख ३९ हजार चार सय ५० बराबरको कुखुराको मासु अण्डा सीमा क्षेत्रबाट बरामद गरिएको सशस्त्र प्रहरी बल नं ३० बागेश्वरी गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगीले जानकारी दिनुभयो     
    
 उहाँका अनुसार चालु आवको फागुन मसान्तसम्म रू २५ लाख ४२ हजार मूल्य पर्नेछ हजार तीन सय सय ५६ किलो कुखुरा, रू लाख ४३ हजार तीन सयको एक हजार सय किलो कुखुराको मासु, रू १८ लाख ५२ हजार मूल्यपर्ने २३ हजार एक सय ५० वटा चल्ला रू एक हजार चार सय पर्ने चार क्यारेट अण्डा बरामद गरिएको     
    
 जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नारायण डाँगीले चालु आवको चैत पहिलो साताभित्र अवैधरुपमा भारतबाट भित्रिएको रू आठ लाख १२ हजार नौ सय बराबरको कुखुरा मासु बरामद गरिएको जानकारी दिनुभयो भारतबाट अवैधरुपमा हुनसक्ने कुखुरा मासुको तस्करी रोक्न जिल्ला प्रहरीले सक्रिय भूमिका निर्वाह गरिरहेको उहाँको भनाइ