चैत १९, २०८० सोमबार

किभ (युक्रेन), १९ चैत : युक्रेनको ऊर्जा पूर्वाधारमा रुसले बढाएको आक्रमणले दुई जना युक्रेनीको ज्यान लिनुको साथै हजारौं घरपरिवार विद्युतीविहीन भएका छन्     
    
पश्चिमी लभिभ क्षेत्रमा भएको आक्रमणमा एक जना हताहत भएका छन् भने एक भवन ध्वस्त भएको अल जजिराका अनुसार आक्रमण पछि भीषण आगो लागेको थियो यसै अवस्थामा गभर्नर मक्सिम कोजिट्स्कीले टेलिग्राम मार्फत जारी उद्धार प्रयासलाई आह्वान गर्नु भएको     
    
उत्तरपूर्वमा, गभर्नर ओलेह सिनिहुबोभले खार्किब क्षेत्रको पेट्रोल स्टेसनमा हवाई आक्रमण पछि एक व्यक्तिको मृत्यु भएकोमा शोक व्यक्त गर्नु भयो     
    
साथै, युक्रेनको दक्षिणी ओडेसा क्षेत्रमा खसालिएको रूसी ड्रोनले गरेको क्षतिले कयौं युक्रेनीलाई बिजुलीविहीन बनाएको भग्नावशेषले ऊर्जा पूर्वाधारमा आगो लगाउँदा यस्तो अवस्था सिर्जना भएको अल जजिराले गभर्नर ओलेह किपरलाई उद्धृत गर्दै भनेको     
    
युक्रेनको अग्रणी निजी विद्युत प्रदायक कम्पनी डिटेकले सङ्कटको परिमाणलाई जोड दिँदै आक्रमण पछि एक लाख ७० हजार घरपरिवारले विद्युत कटौतीको सामना गरेको बताउनु भएको     
    
युक्रेनी वायु सेनाले अराजकताको बीचमा रूसी आक्रमणलाई रोक्दै रुसले प्रहार गरेका११ ड्रोनमध्ये नौ १४ वटा क्रुज मिसाइलमध्ये नौलाई खसालेको दाबी गरेको     
    
यद्यपि, डिटेकका प्रसारण केन्द्रमा भएको पछिल्लो आक्रमण युक्रेनको ऊर्जा पूर्वाधारमा व्यापक आक्रमणको एउटा अंश मात्र हो युक्रेनी ऊर्जा कम्पनी सेन्ट्रेनेर्गोका अनुसार रूसी आक्रमणले धेरै क्षेत्रहरूमा गम्भीर क्षति पुर्याएको उत्तरपूर्वी खार्किब क्षेत्रको आधारशिला जिमिभ थर्मल पावर प्लान्ट भग्नावशेषमा परिणत भएको     
    
आक्रमणले भौतिक विनाश भन्दा पनि कमजोर समुदायको दुर्दशा झनै बढाइदिन्छ लगभग १२ लाख व्यक्तिहरूले जिमिभ क्षेत्रमा बिजुली कटौतीको सामना गरिरहेका छन् मार्च २२ मा प्लान्टमा गरिएको बम हमलाबाट करिब सात लाख युक्रेनी अँध्यारोको पीडा भोग्दै छन्     
    
निरन्तरको आक्रमण बिनाशका बाबजुद युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले प्रतिकूलताको सामना गर्न देशबासीसामु आग्रह गर्नु भएको सम्बोधनमा राष्ट्रपति जेलेन्स्कीले पछिल्लो समयमा कुनैपनि क्षण रुसी आतङ्कवादले युक्रेनी जीवनलाई ध्वस्त पार्न लागिपरेको बताउनुभएको