चैत २१, २०८० बुधबार

काठमाडौँ, २१ चैत : सत्याल अनलाइन लर्निङ प्लेटफर्मले आफ्नो नयाँ सेवासत्याल लर्निङसार्वजनिक गरेको     
    
 तत्कालीन प्रकाशक अजयकुमार सत्यालले ३५ वर्षअघि स्थापना गरेको सत्याल पब्लिकेसनले सञ्चालनमा ल्याएको सत्याल लर्निङले नयाँ युगको डिजिटल शिक्षातर्फ आफूले विकास गरेको अनलाइन लर्निङ प्लेटफर्म सार्वजनिक गरेको हो     
    
 विसं २०७९ मा परीक्षणका लागि सार्वजनिक गरिएको वेबसाइट अपडेट गरी पुनःसार्वजनिक गरिएको प्रकाशनले जनाएको विसं २०४१ मा सत्याल बुक्स सेन्टरका रूपमा स्थापित सत्याल प्रकाशनले शिक्षा क्षेत्रमा पहिलो निजी संस्थाका रूपमा शिक्षक तालिम परियोजनासमेत चलाएको     
    
 प्लेटफर्मका अध्यक्ष तथा कार्यकारी अधिकृत आर्यन सत्याललेसत्याल लर्निङप्रविधिका माध्यमबाट शिक्षालाई अगाडि बढाउने आफूहरूको प्रतिबद्घताको प्रमाण भएको बताउनुभयो तत्कालीन प्रकाशक अजयकुमारका सुपुत्र आर्यनका अनुसार उहाँका पिताले विराटगरबाट शिक्षा क्षेत्रमा आफ्नो यात्रा सुरु गर्नुभएको थियो     
    
 उहाँले विद्यार्थीलाई उनीहरूको स्थान वा पृष्ठभूमि जस्तोसुकै भए पनि डिजिटल माध्यमबाट उच्च गुणस्तरको शैक्षिक स्रोत समर्थनमा पहुँच प्रदान गर्ने प्रकाशनको लक्ष्य भएको जानकारी दिनुभयो