चैत २१, २०८० बुधबार

कायरो, २१ चैत (रासस/ एपी) : इजिप्टका राष्ट्रपति अब्देलफताह अलसिसीद्वारा तेस्रो कार्यकालका लागि सपथ लिनु भएको गत डिसेम्बरमा भएको निर्वाचनमा उहाँ पुनः राष्ट्रपतिमा निर्वाचित हुनु भएको थियो     
    
इजिप्टमा संविधान अनुसार राष्ट्रपतिको कार्यकाल वर्षको हुने गर्दछ राष्ट्रपति सिसीले नयाँ संसद भवनमा सपथ लिनु भएको हो     
    
डिसेम्बरको निर्वाचनमा सिसीले झण्डै ९० प्रतिशत मत प्राप्त गर्नु भएको थियो उहाँका विपक्षी उम्मेदवारले लगातार तेस्रो पटक खासै उल्लेखनीय मत प्राप्त गर्न सकेका छैनन् करिब करोड ७० लाख मतदाता रहेको इजिप्टमा गत डिसेम्बरमा सम्पन्न चुनावमा करिब ६७ प्रतिशत मतदान भएको थियो     
    
इजिप्टको पूर्वी सीमाक्षेत्रमा अवस्थित गाजामा इजरायलहमास युद्ध भड्किएपछि डिसेम्बरको चुनाव पनि छायाँमा परेको थियो उक्त युद्धको असर गाजासँगै छिमेकी मुलुक इजिप्टसम्म फैलिन सक्ने अनुमानबीच इजिप्टमा राष्ट्रपतिको चुनाव भएको थियो     
    
अलसिसी सन् २०१४ मा पहिलो पटक राष्ट्रपतिमा निर्वाचित हुनु भएको थियो उहाँ सन् २०१८ मा दोस्रो कार्यकालका लागि विजयी हुनु भएको थियो सन् २०१९ मा संविधान संशोधन पश्चात् अलसिसीको कार्यकाल दुई वर्ष थप्नुका साथै तेस्रो कार्यकालका लागि चुनाव लड्न बाटो खोलिएको थियो     
    
इजिप्टको राष्ट्रपतिमा अलसिसीलाई चुनौती दिने कुनै उम्मेदवार चुनावी मैदानमा थिएनन् राष्ट्रपतिका अन्य प्रतिस्पर्धीहरु चुनावी प्रचारमा समेत सहभागी भएका थिएनन्